Content-Length: 92539 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%AB%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A4%BE

फाहिता - विकिपिडिया सामग्रीमा जानुहोस्

फाहिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एउटा रोटि माथि पोलेको मासु राखेर तयार गरिएको खानेकुरालाई फाहिता भनिन्छ| अङ्ग्रेजीमा Fajita लेखिने भएता पनि , स्पानीस भाषामा 'ज'को उच्चारण आवश्यकता अनुसार 'ह्' वा 'अ' हुने भएकोले यसको उच्चारण "फाहिता" वा "फाईता" हुन्छ |

फाहिता

यो उत्तरी मेक्सिको र दक्षिणि-टेक्सासको स्थानिय परिकार भएकोले यसलाई Tex-Mex परिकार पनि भनिन्छ| परम्परागत रूपमा गाइको दुई टुक्रा मासु राखेर तयार गरिने यो परिकारमा आज भोलि जुनसुकै मासु पनि प्रयोग गर्ने गरिन्छ| सजिलोको लागि मासुलाई प्याज हरू सँग भुटेर ,भात र चिज सँग तयार गरिने फाहिता पनि धेरै लोकप्रिय छ|

  • बनाउने बिधि

सामग्रीः १ सय ग्राम चिकेन, २५ ग्राम प्याज, २५ ग्राम भेडेखुर्सानी, २५ ग्राम राजमा झोल गरी पकाएको, रोटी ३ पीस, आधा कप भुजा, आधा चम्चा भेनिगर, आधा चम्चा वस्टर्ड सस, नून, तेल,पेपर स्वाद अनुसार ।

विधिः चिकेनलाई स्लाईस बनाएर काट्ने। प्याज र भेडेखुर्सानीलाई पनि सोही आकारमा काटी फ्राइप्यानमा तेल हालेर मसला सहित भुट्ने। सर्भ गर्दा ब्राउन राइसमा झोल राखेको राजमा हाल्ने। अर्का भाँडोमा रोटी तथा अर्का भाँडोमा सल्सा, क्रीम र चिज हालेर सर्भ गर्ने।

टोरटिला र फाहिता का अन्य सामग्री








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%AB%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A4%BE

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy