अप्रिल क्रान्ति
अप्रिल क्रान्ति वा अप्रिल १९ क्रान्ति (कोरियाली: 4·19 혁명, अङ्ग्रेजी: April Revolution) दक्षिण कोरियामा सन् १९६० अप्रिलमा विद्यार्थी युनियन र श्रमिक संघको नेतृत्वमा सिंगमान रिको गणतान्त्रिक सरकार हटाउन गरिएको आन्दोलन हो । रिको राजिनामासँगैँ दोस्रो गणतान्त्रिक सरकारको स्थापना भएको थियो । मार्च १९६० को चुनावी विरोधमा अश्रुग्यासबाट मारिएका एक विद्यार्थीको शव पाएपछि अप्रिल क्रान्ति प्रभाव पारेको थियो ।
भूमिका
[सम्पादन गर्नुहोस्]राष्ट्रपति रीले सन् १९४८बाट आफ्नो कार्यभार सम्हालेका थिए तर सिमित आर्थिक र सामाजिक विकासबाट समाजिक रूपमा उनी अप्रिय बन्दै थिए । सत्तामा बसिरहन संविधान शंसोधनले उनलाई झन् भ्रष्ट देखाएको थियो ।[१]
अमेरिकाले आर्थिक सहयोग $३८२,८९३,०००बाट (सन् १९५७) $२२२,२०४,००० (सन् १९५९) पुर्यायो । रि यसबारे चिन्तित बने र आफ्नो राजनीतिक वर्चस्वका लागि परे ।[२] सन् १९५८ डिसेम्बरमा उनले राष्ट्रिय सुरक्षा कानुन संशोधन गरी प्रेस स्वतन्त्रता हटाए र विपक्षी सदस्यहरूलाई चुनावमा भाग लिन नपाउने बनाए ।
सन् १९६० को चुनावी दौडमा रिसँग दुई मुख्य पार्टी थिए । सानो प्रोग्रेसिभ पार्टी, यसले सन् १९५६को चुनावमा एक लाख भोट पाएको थियो । यस पार्टीको नेतृत्व चो बोंग एमले गरेका थिए । अर्को प्रजातान्त्रिक पार्टीको नेतृत्व छो प्योङ ओकले गरेका थिए । जुलाई १९५९ मा रीले छो बोंग एमलाई कम्युनिस्ट रहेको आरोप लगाए, छोलाई कारावासको सजाय भई पछि मृत्युदण्ड दिइयो ।[३] छो प्याइ ओकले पेटको शल्यक्रियाका लागि पुगे पनि उनको त्यहीँ मृत्यु भयो ।
मार्च १९५० मा उपराष्ट्रपतिको पदमा रीका पार्टीका लि-कि पुङ निर्वाचित भए, लि विमार थिए र चुनावी प्रचारमा संलग्न थिएनन् । लिले आफ्ना विपक्षी उम्मेदवार च्याङलाई भारी मतले हराएकाले यस चुनाव स्वच्छ नभएको अट्कल काटियो ।[४] कोरियाली एक रिपोर्ट अनुसार चुनावको दिनमा सयौँ ब्यालेट बाकसहरू पहिल्यै भरिएका थिए ।[१]
मासन विरोध र्याली
[सम्पादन गर्नुहोस्]मार्च १५, १९६० मा मासान (마산, दक्षिण कोरियाको पूर्व राजधानी) मानिसहरू चुनावी घुसपैठको विरोधमा निस्किए । मुख्यत: प्रजातान्त्रिक पार्टीका सदस्यहरू यसमा सक्रिय थिए । प्रहरीहरूले फायरिङ सुरु गरे भने आन्दोलनकारीहरूले डुङ्गा प्रहार गरे ।
अप्रिल ११ मा किम जु युलको शव फेला पर्यो । किम मार्च १५ को आन्दोलनमा सहभागी थिए । अधिकारकर्मीहरूले पानीमा डुबेर मृत्यु भएको भने पनि किमको शिरमा गहिरो चोटले अश्रुग्यासको ग्रेनाइट प्रहारले मृत्यु भएको प्रमाणित गर्यो । यही घटना नै अप्रिल १९ को मुख्य आन्दोलनको श्रेय बन्यो । मासनमा तीन दिनसम्म लगातार आन्दोलन भइरहे ।[५]
सियोल
[सम्पादन गर्नुहोस्]अप्रिल १८ मा कोरियाली विश्वविद्यालयले समेत शान्तिपूर्ण विरोध र्यालीहरू सुरु गरे ।
अप्रिल १९ विद्यार्थीहरूले कोरिया विश्वविद्यालयबाट ब्लु हाउ (राष्ट्रपति निवास) सम्म विरोध प्रदर्शन गर । प्रहरीहरूद्वारा १८० जनाको मृत्यु र हजारौंको सङ्ख्यामा मानिसहरू घाइते भए ।[६]
अप्रिल २५, १९६० मा विद्यार्थीहरू सँग प्राध्यापक र सर्वसाधारणको मानव सागर निस्कियो । प्रहरीहरूले आन्दोलनकारीहरू लाई दबाउन हिच्किचाए ।[७]
रीको राजीनामा
[सम्पादन गर्नुहोस्]२६ अप्रिल १९६० मा रीले राजीनामा दिए । २७ अप्रिल १९६० मा लि-कि पुङको सपरिवारको हत्या हुन पुग्यो ।[८] अप्रिल २८ मा मासान घटनाको दोषी मानी गृहमन्त्री चोल-इन क्युले राजीनामा दिए ।
सम्पूर्ण घटना पश्चात्
[सम्पादन गर्नुहोस्]लिबरल पार्टी लीको राजिनामासँगै अन्त भयो । दक्षिण कोरियाले राष्ट्रपतिको शक्ति हटाउन अदालतीय प्रणाली अपनायो । १३ अगस्त १९६०मा युन बो सिन राष्ट्रपति भए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Kim, C. I. Eugene, and Ke-soo Kim (1964). "The April 1960 Korean Student Movement", The Western Political Quarterly, 17(1).
- ↑ (1995) KBS National Institute for International Education Development. "The History of Korea", Ministry of Education Korea Seoul
- ↑ Andrew C. Nahm and James E. Hoare, Historical Dictionary of the Republic of Korea (Scarecrow Press, 2004), p21
- ↑ South Korea: a Country Study, United States Government Printing, पृ: ३४, आइएसबिएन 978-0160403255।
- ↑ "60 Years of the Republic: The End of Syngman Rhee's Rule", The Chosun Ilbo, ७ जुलाई २००८, अन्तिम पहुँच ३ डिसेम्बर २०१३।
- ↑ Rhee, Moon Young (अप्रिल १८, २०११), "4·19때 경찰이 계엄사령관에 총탄 10만발 빌려달라 요청", Hankyoreh, अन्तिम पहुँच २०१३-०५-०५।
- ↑ Brazinsky, Gregg, Nation Building in South Korea, The University of North Carolina Press, आइएसबिएन 978-0807861813।
- ↑ Tennant, Roger (1996). "A History of Korea", Kegan Paul International London and New York