सामग्रीमा जानुहोस्

एक्स-रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
X-ray
मानव फोक्सोको एक्सरे इमेज (चित्र)

एक्स-रे, अथवा एक्स-विकिरण, उच्च शक्ति (उर्जा) भएको विद्युतचुम्बकीय विकिरण हो। यसको वेभलेन्थ १० पिकोमिटर देखि १० नानोमिटरको आसपासमा हुन्छ र फ्रिक्वेन्सी ३० पेटाहर्ज देखि ३० जेटाहर्ज र शक्ति १२४ इलेक्ट्रोनभोल्ट देखि १२४ किलो इलेक्ट्रोनभोल्टको हाराहारीमा हुन्छ। एक्स-रेको वेभलेन्थ परावैजनी किरणको भन्दा लामो र "गामा-रे"को भन्दा छोटो हुन्छ। कयौं देशमा एक्स-रे लाई यसको खोजकर्ता जर्मन बैज्ञानिक विलियम रोन्टजेनको नामबाट रोन्टजेन विकिरणको नामले समेत जानिन्छ। यसको खोज उनले १८९५ नोभेम्बर ८ मा गरेका थिए। [] उनले अज्ञात किसिमको विकिरणलाई चिनाउन यसको नाम "एक्स-रे" राखेका थिए।[] यो उपलब्धिबाट उनले १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए।[] उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई टेन्टजेनियम राखिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "X-Rays", Science Mission Directorate, NASA 
  2. २.० २.१ Novelline, Robert (1997). Squire's Fundamentals of Radiology. Harvard University Press. 5th edition. आइएसबिएन ०-६७४-८३३३९-२. उद्दरण त्रुटी: Invalid <ref> tag; name "squires" defined multiple times with different content
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy